निजी नम्बर प्लेट राखेर सरकारी गाडी चलिरहेको भन्दै सांसदले उठाए प्रश्न

२०८३ असार १५, सोमबार

काठमाडौँ : निजी नम्बर प्लेट राखेर सरकारी गाडी चलिरहेको भन्दै सांसदले प्रश्न उठाएका छन् ।

नेकपा एमालेकी सांसद रेखाकुमारी झाका अनुसार ‘नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरी शनिश्चरे नगरपालिका र काठमाडौंका कतिपय सार्वजनिक निकायहरूमा राज्य कोषबाट सञ्चालित सरकारी गाडीहरू’मा यस्तो समस्या छ ।

‘सरकारी गाडीहरूको सेतो नम्बर प्लेट गैरकानुनी रूपमा निकालेर निजी अर्थात रातो नम्बर प्लेट रुपान्तरण गरी व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएका तथ्यांकहरू सार्वजनिक भएका छन्,’ उनले राष्ट्रिय सभाको बैठकमा भनिन् ।

इन्धन र मर्मत खर्च सरकारी लिएर व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्नु सुशासन विरोधी कार्य भएको उनले बताइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार