एन्फाका पूर्वअध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा

२०८३ असार १७, बुधबार

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा हाजिर जमानीमा  रिहा भएका छन्।

ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ परेका शेर्पा मंगलबार काठमाडौँ जिल्ला अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई असार १२ मा पक्राउ गरेको थियो । हात्तिगौंडामा सञ्चालित टुङ्गरम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको कसुरमा पक्राउ परेका शेर्पाले सो रकम विद्यालयलाई फिर्ता गर्ने बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘जाहेरीमा उल्लेखित रकम तिर्नुपर्ने दायित्व मेरो हो, सो  रकम तिर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार