नियन्त्रित लागू औषधसहित धनकुटाबाट दुई जना पक्राउ

२०८३ असार १७, बुधबार

धनकुटा : सहिद भूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागू औषध ट्रामाडोल ३ हजार ७ सय ९० ट्याब्लेट र डाइक्लोमाइन ३ हजार ७ सय ९० ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्ज्वल राई रहेका छन् ।

प्रहरी चौकी आँखी सल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित सोमबार राति पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १ -०२-०५६ प ९४५८ र को.३६ प ६१७३ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।

हाल उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार