प्रधानमन्त्री बालेनलाई संसद्‌मा आउन आङ्देम्बेको निम्तो

२०८३ असार २०, शनिबार

काठमाडौँ : प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्‌मा आउन आग्रह गरेका छन् ।

संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले संसद आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी दिन सुझाएका छन् । ‘तपाईं संसदमा आउनुपर्छ, संसदको अवमूल्यन गर्न हुँदैन तर, आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङ्देम्बेले शुक्रबारको संवैधानिक परिषद् बैठकमा आग्रह गरेको खुलेको छ ।

जवाफमा प्रधानमन्त्री बालेनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ ।’ लगत्तै आङ्देम्बेले भने, ‘त्यसरी मिल्ने त सांसदलाई पो त । तपाईं त प्रधानमन्त्री हो नि । जतिखेल बोल्न मन लाग्यो त्यतिखेर कहाँ बोल्न मिल्छ ?’

गत १७ जेठमा प्रधानमन्त्री बालेन संसद बैठकमा आकस्मिक रूपमा पुगेका थिए । सभामुख डोलप्रसाद अर्याललाई समेत जानकारी नदिइकन पुगेपछि बोल्न हात उठाएर समय मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार