एलिना र हिमाल सागरको नयाँ गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक

२०८३ असार २२, सोमबार

काठमाडौँ : गायक हिमाल सागर र एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ताकधिन् ताकधिन् ’ सार्वजनिक भएको छ ।

लोक–आधुनिक शैलीमा तयार गीत मार्फत हिमाल र एलिनाले पहिलोपटक गायनमा सहकार्य गरेका हुन् । गीतमा शब्द तथा संगीत नृपेश उप्रेतीको छ । प्रेमिल र जनजिब्रोमा झुन्डिने खालको गीतको म्युजिक भिडियो निर्देशन शक्ति प्रज्ज्वल घिमिरेले गरेका छन् ।

स्मारिका ढकाल र प्रभात पल ठकुरीको अभिनय रहेको  भिडियोमा राजेश घिमिरेको छायाङ्कन तथा प्रवीण थापाको छ । भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । नुवाकोटको रमणीय दृश्यहरूलाई भिडियोमा कैद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार