काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी व्यवस्थापनमा कमजोरी भएको सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बचन दिएका छन्।
उनले भने, ‘सुकुम्वासीको हकमा पनि हामी एकदम सिरियसली लाग्नेछौँ, लागि पनि रहेका छौँ। कति कुराहरू हाम्रो छुटपुट भएको छ, कमीकमजोरी भएको छ भने त्यसलाई पनि हामी सुधार्दै अगाडि बढ्नेछौँ।’
उनले महिलाहरूको विषय आउँदा पनि गृह मन्त्रालय जिम्मेवार भएर लागेको बताए। उनले हरेक महिलाको लागि गृह मन्त्रालयको ढोका खुल्ला रहेको समेत जानकारी गराए।





