डा. अमरेश कुमार सिंह चीन प्रस्थान

२०८३ असार २४, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. अमरेश कुमार सिंह चीन प्रस्थान गरेका छन् । चार दिने भ्रमणका लागि सिंह बुधबार चीन गएको स्वकीय रञ्जित झाले जानकारी दिए ।

सिंह कुन प्रयोजनका लागि चीन गएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको झाले बताए ।

‘चार दिने भ्रमणका लागि उहाँ आज चीन जानुभएको हो । उहाँसँगै अन्य तीन/चार जना सांसद पनि जानुभएको छ । के कार्यक्रमका लागि गएका हुन् भन्ने विषयमा कुनै जानकारी छैन’, झाले भने।

उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ । सिंहको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारसँग उनी असन्तुष्ट छन्। रास्वपाको चितवनमा भएको प्रथम महाधिवेशनमा पनि उनी सहभागी भएका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार