विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८३ असार २४, बुधबार

काठमाडौँ : विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।

न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

पौडेललाई यसअघि अदालतले तीन पटकसम्म म्याद थप गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार