सभापतिले चाहे मात्र कांग्रेस विभाजन हुन्छ : खड्का

२०८३ असार २५, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन आफ्नो पक्षका कारण नहुने बताएका छन्।

बुधबार चुनदेवीमा संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी एकता कायम राख्ने जिम्मेवारी सभापति गगन थापाको भएको बताए।

एकता गराउनुपर्ने नेताहरू नै अहिले टाढिएको टिप्पणी गर्दै खड्काले सभापतिले चाहे मात्रै पार्टी विभाजन हुने बताए। ‘पूर्ण खड्का, विमलेन्द्र निधिले चाहेर पार्टी विभाजन हुँदैन,’ उनले भने,‘ सभापतिले चाह्यो भने मात्रै पार्टी विभाजन हुन्छ।’

उनले विगतमा पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चाहेकै कारण कांग्रेस विभाजन भएको बताए। उनले सभापति थापाले पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए। आफूलाई पदको लोभ नभएको बताउँदै उनले भने,‘मलाई पदको कुनै लोभ छैन। निर्णय गर्नुस्, हामी पछि लाग्छौं।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार