विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखिने

२०८३ असार २५, बिहीबार

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले  निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार