काठमाडौं : नेकपा एमालेले सुकुम्वासीको व्यवस्थापन सही तरिकाले हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ ।
बिहीबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्नै एमालेकी सांसद एशुदा कुमारी बरालले प्रश्न गरिन्, ‘सुकुम्वासी जनता हुन कि हैनन् ? उहाँहरूले बाँच्न पाउने कि नपाउने ? ’
२५ हजार लिएर आफैँ आफ्नो व्यवस्थापन गर भन्ने विषय व्यवहारिक नरहेको उनले बताइन् । ‘२५ हजार हातमा थमाएर सडकमा धपेदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरू स्वतन्त्र पूर्वक बाँच्न पाउनुहुन्छ कि पाउनुहुन्न ?’, उनले भनिनन्, ‘यी गरिबका आँसु निकै महँगो हुनेछन् । सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’





