एमाले पुनगर्ठन अभियानले महासचिव पोखरेललाई बुझायो सर्वेक्षण प्रतिवेदन

२०८३ असार २५, बिहीबार

काठमाडौं : नेकपा एमाले पुनगर्ठन अभियानले डिजिटल सर्वेक्षण प्रतिवेदन महासचिव शंकर पोखरेललाई बुझाएको छ । पार्टी पुनगर्ठन अभियानका तर्फबाट गजेन्द्र थपलिया, रमेश पौडेल लगायतले महासचिव पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । गत १३–२२ असारसम्म पार्टी पुनगर्ठनबारे खुला डिजिटल सर्वेक्षण गरिएको थियो ।

‘पार्टीका नेता कार्यकर्ता, सदस्य तथा शुभेच्छुकदेखि अन्य पार्टीका सदस्यहरुले समेत फारम भर्नेगरी डिजिटल सर्वेक्षण गरिएको हो,’ थपलियाले भने । विदेशबाट समेत मत सर्वेक्षणमा भाग लिएको उनले बताए । यो सर्वेक्षणमा भाग लिनेहरूको संख्या खुलाएको छैन । तर, सर्वेक्षणमा आएको नतिजा प्रतिवेदन महासचिव पोखरेललाई बुझाइएको छ ।

प्रतिवेदन अनुसार ९१.४ प्रतिशत सहभागीले पार्टी रूपान्तरणको पक्षमा मत दिएक छन् । हालकै स्थितिमा एमाले अगाडि बढ्छ भन्नेमा ७.४ प्रतिशत र बाँकीले केही भन्न नचाहेको प्रतिवेदन तयार पारिएको अभियानमा संलग्न नेताहरूले बताएका छन् ।

नेतृत्व परिवर्तन, संगठनात्मक सुधार, युवा सहभागिता वृद्धि जस्ता पार्टी पुनगर्ठनको पक्षमा पनि ९० प्रतिशत बढीले मत जाहेर गरेको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार