काठमाडौं : काभ्रेको सदरमुकाम धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेला परेका छन् ।
शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौं, चन्द्रागिरीका बासिन्दा हुन् ।
रिसोर्टको स्विमिङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।





