गुण्डागर्दीको आरोपमा दूधराज तामाङ पक्राउ

२०८३ असार २८, आईतवार

काठमाडौँ : गुण्डागर्दीमा संलग्न रहेको आरोपमा दूधराज तामाङ पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार ललितपुरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार तामाङ विगत केही वर्षदेखि फरार रहँदै आएका थिए । काभ्रे घर भएका तामाङ नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । यसअघि उनलाई सिन्धुलीमा बोधिचित्त (बुद्ध चित्त)को माला लुटपाट प्रकरणमा पनि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि उनीमाथि विभिन्न आपराधिक घटनामा संलग्नताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार