बैंककको बारमा आगलागी हुँदा २७ जनाको मृत्यु

२०८३ असार २९, सोमबार

काठमाडौँ : थाइल्याण्डको राजधानी बैंककस्थित बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।

थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

अग्निनियन्त्रकहरूका अनुसार सोमबार मध्यरात स्थानीय समय अनुसार ११: ३० बजे आगलागी भएको थियो। उत्तरी बैंककको ना लाडफ्राओ पबमा लागेको आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार