काठमाडौं : जिल्ला अदालत, रौतहटका कर्मचारी घुस मुद्दामा दोषी ठहर भएका छन्।
५० हजार घुससहित पक्राउ परेका डिट्ठा लवकुमार सिंहलाई सोमबार विशेष अदालतले दोषी ठहर गरेको हो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो। उनलाई एक महिना कैद र ५० हजार जरिवानाको सजाय भएको बिशेष अदालतकी सुचना अधिकारी पार्वती हितानले बताइन्।
अदालतको फैसलाअनुसार रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि उनले ५० हजार घुस लिएका थिए। अख्तियारको टोलीले गत १७ चैतमा उनलाई रंगेहात पक्राउ गरी २१ वैशाखमा मुद्दा दायर गरेको हो।





