ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२०८३ असार ३१, बुधबार

काठमाडौँ : ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवारी धादिङकै सातघुम्ती बस्ने २० वर्षकै समिर भुजेलको सोही अस्पताल अस्पतालमा उपचार भइरहेको छ ।

बिग्रिएर सडक छेउमा रोकीराखेको बागमती प्रदेश ०३–००१ ख २०१५ नम्बरको ट्रकमा बा ७५ प ८७० नम्बरको मोटरसाइकलमा सवार उनीहरु हिजो बेलुका ८ बजेतिर ठोक्किएका थिए ।

ट्रक चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रण लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार