प्रतिनिधि सभा बैठक १ बजेलाई सर्‍यो

२०८३ असार ३१, बुधबार

काठमाडौँ : बुधवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक १ बजेलाई सारिएको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक १ बजे बस्ने जानकारी दिएको हो ।

पाण्डेयका अनुसार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुखले बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार