बूढानीलकण्ठमा तास खेलिरहेका ५ जना पक्राउ

२०८३ असार ३१, बुधबार

काठमाडौँ : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ दुर्गा मन्दिर नजिकको पसलमा तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।

केके लिक्विड पसलमा तास खेलिरहेकाहरुलाई गएराति पौने १० बजे प्रहरीवृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

जुवाखालबाट तीन बुक तास र नगद ६७ हजार ३३५ रुपैयाँ बरामद समेत गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार