आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने

२०८३ असार ३१, बुधबार

काठमाडौँ : काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । उनले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताइन् ।

मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिइन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार