सरकारको नियतमा कुनै पनि शङ्का छैन : रवि लामिछाने

२०८३ श्रावण २, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शङ्का नभएको बताएका छन्।

शुक्रवार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सरकारको निर्णयले समस्या आए करेक्सन गर्दै अगाडि बढ्ने उनले बताए ।

‘सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने ? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णयहरू त राम्रो निर्णय गर्दा दुई चारवटा निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा व्यवहारमा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ,’ सभापति लामिछानेले भने ।

सरकारका निर्णयले समस्या निम्त्याए त्यस्ता निर्णय परिवर्तन हुने उनले बताए। उनले भने, ‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यो निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नु पर्दैन। तर अलिकति समय हामीले दिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार