बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण ३, आईतवार

काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ४० रुपैयाँले बढेर ४ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार