सिटिजन्स बैंकका ग्राहकलाई नियोटेरिक नेपालका सामानमा छुट

२०८३ श्रावण ९, शनिबार

काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रालि (नियोटेरिक नेपाल), झम्सिखेल ललितपुरबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ।

सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले नियोटेरिक नेपालबाट विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार उक्त सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै नगद कारोबारभन्दा डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन बैंकले समय–समयमा विभिन्न ग्राहकमैत्री अफर र छुट योजना सञ्चालन गर्दै आएको जनाएको छ। डिजिटल कारोबारमा उपलब्ध हुने छुटसम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिएको छ। बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। त्यससँगै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याइसकेको छ।

यस्तै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन (आईपिओ) र सीआरएन नम्बर सेवा उपलब्ध गराएको बैंकले क्रस बैंक टेलर क्यूआर सेवा पनि सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ अवार्ड २०२४ र २०२५ प्राप्त गरिसकेको सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४८ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार