देउवा समूहले साउनमा राष्ट्रिय भेला बोलाउने

२०८३ श्रावण ३, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिने सङ्केत देखाएको छ ।

पार्टी नेतृत्वले एकताका लागि सार्थक पहल नगरेको आरोप लगाउँदै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी साउनभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो । पार्टीभित्र बढ्दो असन्तुष्टि र वैचारिक मतभेदका बीच देउवा पक्षले राष्ट्रिय बहस र नयाँ कार्यदिशा तय गर्ने उद्देश्यसहित यो भेला बोलाउन लागेको बुझिएको छ ।

नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट बनेको यो समूहले भेलामार्फत आफ्ना एजेन्डाहरूलाई तल्लो तहसम्म लैजाने रणनीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार