दाङमा निर्माणाधीन घरमा दुई जनाको शव फेला

२०८३ श्रावण ६, बुधबार

दाङ : दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ । बुधबार जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको हो ।

खाली पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले बताए । उनले अक्सिजनको कमी भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताए । मजदुर र ठेकेदारको शव भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ। मृतकको थप पहिचान हुन बाँकी छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार