गाउँपालिकाका तत्कालीन उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ श्रावण ६, बुधबार

काठमाडौं : सडक निर्माणमा भ्रष्टाचार भएको अभियोगमा कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुंगा लेखनवाडा कार्यालय दुर्सी फागोटी सडक निर्माण कार्यका लागि ग्याविन जालीसहित ढुंगा भर्ने नाममा भ्रष्टाचार गरेकामे दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार प्राविधिकसमेतको टोलीले स्थलगत नापजाँच गर्दा सकडमा ९३९.५० घनमिटर मात्र ग्याविन जालीसहित ढुंगा भर्ने निर्माण कार्य गरी २६०.५० घनमिटर कम काम भएको देखिएको निष्कर्ष निकालेको छ ।

राष्ट्रसेवक कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारी समेतले आफूहरूलाई गैरकानुनी रूपमा लाभ लिने बदनियतले मिलेमतोमा वास्तविक रूपमा फिल्डमा भएको कार्यभन्दा बढी देखाइ झुट्टा बिल, भरपाइ बनाइ भुक्तानी लिने, दिने कार्य गरी आठ लाख आठ हजार ६८० रुपैयाँ ५७ पैसा भ्रष्टाचार गरेको दाबी आयोगको छ ।

भ्रष्टाचार अभियोगमा सजायको माग राखेर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, तत्कालीन लेखा प्रमुख खिमलाल पुन, तत्कालीन सहायक लेखापाल मुनी प्रसाद प्याकुरेल, तत्कालीन सव–इन्जिनियरद्वय विनोद कुमार बम र नन्द बहादुर सिंह, वडा नं. ९ का अध्यक्ष टक्क बहादुर बम, दुर्सी फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमल बहादुर बमलाई समेत प्रतिवादी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार