कुकुरेयाले प्लास्टिकको झोलामा विश्वकप ट्रफी बोकेको भिडियो भाइरल

२०८३ श्रावण ७, बिहीबार

काठमाडौं : स्पेनले फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेपछि उत्सवका बीच एउटा अनौठो दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।

स्पेनका डिफेन्डर मार्क कुकुरेया मेटलाइफ स्टेडियमबाट बाहिरिँदै गर्दा पारदर्शी प्लास्टिकको झोलाभित्र विश्वकप ट्रफी जस्तो देखिने वस्तु बोकेको भिडियो सार्वजनिक भएपछि फुटबल समर्थकमाझ त्यसबारे व्यापक चर्चा सुरु भएको हो।

भिडियोमा कुकुरेया स्पेनको रातो जर्सी, फाइनलमा लगाएको निलो सर्ट्स, स्लिपर, हेडब्यान्ड र ब्याकप्याकसहित देखिन्छन्। उनले बोकेको ट्रफीलाई लिएर सामाजिक सञ्जालमा धेरैले ‘विश्वकप जितेर ट्रफी प्लास्टिकको झोलामा बोकेर हिँडेको’ भन्दै रमाइला टिप्पणी गरेका छन्।

तर यसको वास्तविक कारण भने निकै सामान्य रहेको छ।

वास्तविक ट्रफी होइन

विश्वकप जितेपछि स्पेनका सबै खेलाडीलाई सम्झनाका रूपमा सानो आकारको विश्वकप ट्रफी प्रदान गरिएको थियो।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फाइनलपछि ड्रेसिङ रुममै ती स्मारक ट्रफी खेलाडीहरूलाई हस्तान्तरण गरेका थिए।

कतिपय समर्थकले कुकुरेयाले बोकेको वस्तु लेगोबाट बनाइएको फिफा विश्वकप ट्रफी पनि हुन सक्ने अनुमान गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार