विश्वकप लिग २ : नेपालद्वारा नेदरल्यान्ड्ससामु १५८ रनको लक्ष्य

२०८३ श्रावण ७, बिहीबार

काठमाडौँ : आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध फितलो प्रदर्शन गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.४ ओभरमा अलआउट हुँदा १५७ रन मात्र जोड्न सक्यो।

निकै कमजोर सुरुवात गरेको नेपालका लागि आरिफ शेखले ९० बलमा ४१ रन जोडे। टोलीका लागि सर्वाधिक रनको योगदान गर्ने क्रममा उनले चार चौका प्रहार गरे। गुल्सन झाले एक चौका र दुई छक्काको मद्दतमा २९ रन बनाए। उनले ४२ बल सामना गरेका थिए।

यसैगरी, दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन, आसिफ शेखले १७ बलमा १४, करण केसी २० बलमा १३ (अविजित) र सोमपाल कामीले १५ बलमा १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सन्दीप लामिछाने र ललित राजवंशी कुनै रन नजोडी पेभेलियन फर्किँदा कुशल भुर्तेल नौ, ईशान पाण्डे चार र रोहित पौडेल ३ रन मात्र जोड्न सफल भए। नेपाललाई सस्तैमा समेट्ने क्रममा एलेक्स रोय र रोलोफ भान डर मर्वले समान तीन विकेट हात पारे। लोगन भान विकले दुई तथा काइल क्लाइनले एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार