काठमाडौं : नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो ।
बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नेगरी भारुको प्रयोग खुलाएको हो । केन्द्रीय बैंकका अनुसार २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ५ सयसम्मका भारु नेपाल ल्याउन वा भारत लैजान सकिने व्यवस्था भएको छ । बैंक तथा वित्तीय संस्थाले पनि यस्ता नोट सहज रूपमा सटही गर्ने व्यवस्था गरिएको छ।
तर, २०१६ नोभेम्बर अघि जारी भएका ५०० र १ हजार दरका भारतीय नोट तथा हाल प्रचलनमा रहेको २ हजार दरको नोट भने नेपालमा राख्न वा ओसारपसार गर्न पाइने छैन ।
भारत सरकारले सन् २०१६ मा पुराना ५०० र १ हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालमा पनि ठूला दरका भारुको कारोबार रोकिएको थियो ।





