टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं : पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार तिनाउ गाउँपालिका–३ छहरागैरामा लु २ ख १७१९ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३५ वर्षीय हेमबहादुर लम्तरीको मृत्यु भएको हो। बुटवलबाट तानसेनतर्फ जाँदै गरेको खाली टिपर गएराति करिब ११ बजे आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट भिर हुँदै करिब १२० मिटर तल खसेको छ।

प्रहरीले घटनास्थलबाट राति नै गम्भीर घाइते अवस्थामा चालकको उद्धार गरेको थियो। उनको बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार