श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौँ : श्रीमतीलाई कुटपिट गरेको आरोपमा ललितपुरबाट पक्राउ परेका पाइलट आदित्य कसजु धरौटीमा छुटेका छन्। असार अन्तिम साता पक्राउ परेका कसजु बुद्ध एयरका पाइलट हुन्।

जिल्ला प्रशासन कार्यालयको आदेशमा उनलाई २० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले  बताए ।

प्रहरीले उनीविरूद्ध आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । दम्पतीको बिचमा केही समयदेखि विवाद रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार