लेखा अधिकृत भट्टराई २१ हजार घुससहित पक्राउ

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिस गर्न सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई घुस तथा रिसवत माग गरेको भन्ने गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि हाल थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार