श्रमशोषण बन्द गर भन्दै चिकित्सकको प्रदर्शन

२०८३ श्रावण ९, शनिबार

काठमाडौं : विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकले श्रमशोषण भएको भन्दै निरन्तर विरोध गरेका छन् । आफूहरूमाथि चरम श्रमशोषण भएको भन्दै शनिबार (साउन ९) पनि उनीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रमशोषणविरुद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)को डिउटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने माग गरेका छन् । हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था गरिनुपर्नेमा धेरै समय काममा खटाइएको उनीहरूले गुनासो गरेका छन् ।

हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूले माग गरेका छन् ।

सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमतिअनुरूप आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको बढेको पारिश्रमिक कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी/एमएस/एमडीएस अध्ययनका निम्ति राखिएको एक वर्षको अनिवार्य कार्यानुभवको प्रावधान खारेज गरिनुपर्नेलगायत माग उनीहरूको छ ।

इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकले केही समययता हरेक शनिबार विरोध प्रदर्शन गर्दै आएका छन् । हिमालयन टेली भ्वाइस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार