पर्साबाट १ सय ४० किलो गाँजा बरामद

२०८३ श्रावण १०, आईतवार

पर्सा : पर्साको छिपरमाई गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल मिर्जापुरको संयुक्त टोलीले १४० किलोग्राम गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको संयुक्त टोलीले छिपरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरस्थित आँपको बगैँचामा लुकाइछिपाई राखिएको अवस्थामा १३ पोका गाँजा (१४० केजी) फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

शनिवार करिब २१:३० बजेको समयमा आँपको बगैँचाभित्र घाँसमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो। बरामद गरिएको गाँजाका सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार