नेपाली काँग्रेसका सभापति थापाको भारत भ्रमण स्थगित

२०८३ श्रावण १०, आईतवार

काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ।

नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने उनको कार्यक्रम थियो। विशेष आन्तरिक तथा प्राविधिक कारणले गर्दा भ्रमण स्थगित भएको जनाइएको छ।

थापा शनिबार भारत जाने तयारीमा थिए। पछि भ्रमणको तालिका परिवर्तन गर्दै आइतबारका लागि सारिएको थियो। भारतको नयाँ दिल्लीमा नेपाली काँग्रेसको जनसम्पर्क समितिले अधिवेशन आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई औपचारिक निमन्त्रणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार