काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) साँझ ६ बजे जनाएनअनुसार हाल कोसी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी छ।
आज राति बागमती र गण्डकी प्रदेशका धेरै स्थान, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ।
यसैबिच आज राति काठमाडौँ उपत्यकामा पनि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले नेपालखबरलाई जानकारी दिएका छन्।
हेर्नुहोस् मंगलबारसम्मकै मौसम अनुमान






