थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला

२०८३ श्रावण १०, आईतवार

बागमती : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

थाहा नगरपालिका-१० निवासी ४१ वर्षीय आश्मान गोपाली आज बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बर्तौलाले जानकारी दिए ।

मृतक नजिकैको होटेलमा बसेको भन्ने प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार