काठमाडौँ : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १० रूपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ ।





