कोशी प्रदेशको डीआईजीमा शेखर खनाल

२०८३ श्रावण ११, सोमबार

काठमाडौँ : सुनसरीमा प्रहरीको गोली लागि युवाको ज्यान गएपछि सुरक्षा निकायमा फेरबदल गरिएको छ।

कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई फिर्ता बोलाएर त्यहाँ नयाँ डीआईजी खटाइएको छ। अब कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी शेखर खनालले पाएका छन्। खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

उनलाई २० दिन अघिमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरकारले अकस्मात फिर्ता बोलाएको थियो। अख्तियारबाट फिर्ता भएका खनालले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार