जुनियर एनटीआर घाइते

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ : भारतीय अभिनेता जुनियर एनटीआर घाइते भएका छन्। प्रशान्त नीलको निर्देशनमा बनिरहेको फिल्म ‘ड्रयागन’ को छायांकनका क्रममा उनी घाइते भएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको एक्सन दृश्य सुटिङका क्रममा एनटीआरको काँधमा चोट लागेको हो। चोट लागेपछि उनलाई तुरून्तै अस्पताल लगिएको थियो। स्वास्थ्य परीक्षणपश्चात् चिकित्सकहरूको टोलीले उनलाई पूर्ण रूपमा निको हुन ६ देखि ८ हप्तासम्म पूर्ण आराम गर्न सुझाव दिएको छ।

जुलाई २७ (सोमबार)मा एनटीआरको आधिकारिक टिमले विज्ञप्ति जारी गर्दै फ्यानहरूलाई अनावश्यक चिन्ता नलिन आग्रह गरेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि फिल्म निर्माण टिमले जनाएको छ।

एक्सन जनरामा बनेको यस फिल्ममा एनटीआरसहित अनिल कपुर, बिजु मेनन, रूक्मिणी वसन्तलगायत चर्चित कलाकारहरूको अभिनय छ। यो फिल्म सन् २०२७ जुन ११ मा प्रदर्शन गर्ने योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार