नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक

२०८० जेष्ठ २१, आईतवार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ। उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो।

उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार