काठमाडौं : सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।





