मृत विधेयक ब्युँतिन्छ भने द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्युँताइदिनू : योगेश भट्टराई

२०८० जेष्ठ २२, सोमबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले विवादित नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर सोमबारको बैठकमा पनि सरकारको घेराबन्दी गरेको छ।

बैठकको सुरुमै एमाले सचिवसमेत रहेका सांसद योगेश कुमार भट्टराईले मृत भइसकेको विधेयक सरकारको आग्रहमा प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिचेको पनि बताए। 

‘संसद्लाई क्रस गरेर विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेललाई कसले दियो? संविधान मिच्ने अधिकार कसले दियो?’, उनले भने, ‘संसद‍बााट गएको विधेयक मात्रै राष्ट्रपतिले प्रमाणीकरण गर्ने हो। तर सरकारको सिफारिसमा विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानमाथि प्रहार गरे।’

राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको पत्रमा तत्कालीन सभामुख अग्नि सापकोटाको नाम रहेको पनि उनले बताए। ‘यो संसद्ले सभामुखका रुपमा अग्नि सापकोटालाई सभामुखका रुपमा चिन्दैन’, उनले भने, ‘प्रतिनिधि मृत्यु भइसकेको विधेयक ब्युँताउने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?’

उनले मृत भइसकेको विधेयक ब्युँताउने अधिकार सभामुखसँग भए द्वन्द्वकालमा मारिएका १७ हजार मानिस पनि ब्युँताउन उनले चुनौती दिए। 

‘यदि मृत भइसकेको विधेयक ब्युँताउन मिल्छ भने उहाँले द्वन्द्वकालमा मारिएका १७ हजार पनि ब्युँताइदिनु नि त’, उनले भने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार