काठमाडौं : भारतको गुजरातस्थित पाटन जिल्लामा दलित युवामाथि कुटपिटको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेट खेलिरहेका युवाहरूको समूहले बल छोएको भन्दै एक बालकलाई जातीयद्वेषयुक्त गाली गरेका थिए ।
आफ्ना भतिजालाई गाली गरेको भन्दै धीरज परमारले आपत्ति जनाएका थिए । बालकका काकाले आपत्ति जनाएपछि यो विषय तत्कालका लागि रोकिएको थियो । तर, सोही दिन साँझ सात जनाको समूहले धारिलो हतियार लिएर परमार र उनका भाइ कीर्तिमाथि आक्रमण गरेको थियो ।
उनीहरूले कीर्तिको औँला काटेर गम्भीर घाइते बनाएका छन् । अभियुक्तहरूको खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।





