काठमाडौं : नेटफ्लिक्समा रिलिज हुने टिन्दी वेबसिरिज ‘लस्ट स्टोरिज-२’को टिजर रिलिज भएको छ।
यस सिरिजलाई वार जना निर्देशकले निर्देशन गरेका छन् जसमा ४ वटा कथा रहनेछन्। ती कथाहरुमा ९ जना चर्चित बलिउड कलाकारहरुको अभिनय रहनेछ।
यो सिरिजको पहिलो भाग दर्शकमाझ खुबै लोकप्रिय बनेको थियो। दोश्रो भागमा काजोल, निना गुप्ता, तमन् भाटिया, विजय वर्मा,मृणाल ठाकुर आदि कलाकारको मुख्य भूमिका छ।
सिरिज २९ जुनमा रिलिज हुनेछ। सिरिजले अन्तरंग सम्बन्धका बोल्ड कथाहरु पेस गर्नेछ।





