‘ओम शान्ति ओम’ मा १ रूपैयाँ पारिश्रमिक लिएको भनेपछि ट्रोल भए जावेद शेख

२०८० जेष्ठ २४, बुधबार

काठमाडौं : पाकिस्तानी तथा भारतीय कलाकार जावेद शेखले बलिउड फिल्म ‘ओम शान्ति ओम’ मा १ रूपैयाँ पारिश्रमिक लिएको बताएका छन्। उनले हालै एक अन्तर्वार्तामा आफूले यस फिल्मको लागि पारिश्रमिक लिन नचाहेको खुलासा गरेका छन्। ‘मलाई यस फिल्मबाट पारिश्रमिक लिने मन थिएन तर निर्माण टिमले धेरै अनुरोध गरेपछि १ रूपैयाँ पारिश्रमिक लिएँ,’ उनले भने।

उनलाई शाहरूखका प्रबन्धकले फिल्ममा काम गर्न प्रस्ताव गरेको र सम्झौतामा हस्ताक्षर गर्नुअघि पारिश्रमिकबारे सोधेको बताए। तर उनले शाहरूख र फराह खानसँग पारिश्रमिक नलिने बताएका थिए।

उनले शाहरूख र फराहले आफूलाई रोज्नु नै गर्वको कुरा भएका बताएका छन्। प्रबन्धक कम्पनीको नियम भनेपछि उनले १ रूपैयाँ पारिश्रमिक लिएका हुन्। तर पछि अभिनेता शाहरूखले जावेदलाई खुसीसाथ मोटो रकम दिएका थिए। जावेदले उक्त अन्तर्वार्ता दिएसँगै पाकिस्तानमा ट्रोल हुन थालेका छन्।

‘यसलाई भनिन्छ कि तपाईमा कुनै आत्मसम्मान छैन,’ एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘जावेद शेखले उनीहरूभन्दा हामी कति सानो छौं र हामीभन्दा उनीहरू सर्वश्रेष्ठ छन् भनेर देखाइरहेका छन्।’

फराह खानले निर्देशन गरेको फिल्म ‘ओम शान्ति ओम’ सन् २००७ मा प्रदर्शन भएको थियो। यसै फिल्मबाट अभिनेत्री दीपिका पादुकोणले बलिउडमा डेब्यू गरेकी थिइन्। फिल्ममा शाहरूख खानको मुख्य भूमिका थियो। फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। फिल्ममा जावेद शेखले शाहरूख खानका बुवाको भूमिका निर्वाह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार