राष्ट्रिय सभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ : संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुत्रबार) बस्दैछ। बिहान ११ बजे ३१ मिनेटमा स‌सद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले बताएको छ।

त्यस्तै, आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक  अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा राखिएको छ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार