बालेनले सांसद वडाध्यक्षको हैसियतमा आए भन्दा ताली बजाउनेहरू अहिले बजेट माग्न आउँदैछन् : दुर्लभ थापा

२०८० जेष्ठ २७, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले सांसद विकास कोष ब्युँताउने सरकारी निर्णयको विरोध गर्ने नेताहरू बजेट माग्न आइरहेको आरोप लगाएका छन् ।

सरकारले सांसद विकास कोष मार्फत प्रति सांसद ५ करोड रुपैयाँ दिने विषय बजेटमा समेटेपछि यसको विरोध भएको थियो । काठमाडौंका मेयर बालेन शाहले सांसदहरू वडाध्यक्षको हैसियतमा आए भन्दे टिप्पणी गरेका थिए ।

सांसद थापाले मेयर शाहको सो टिप्पणीपछि उनको समर्थन गर्ने कतिपय पार्टीका नेताहरू अहिले हाम्रो वडामा कति बजेट आउँछ भनेर सोधिरहेको बताए ।

उनले भने, ‘बालेनले सांसदहरू वडाध्यक्षको हैसियतमा आइसके भन्दा पार्टीका साथीहरू ताली बजाएर ठिक बोल्यो भन्थे । अहिले त्यही साथी मेरो वडामा ५ करोडमध्ये कति पर्छ भनेर सोध्न आउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार