पशुपति पुगेर प्रचण्डले जल चढाए, महादेव र शिवको पूजा गरे

२०८० जेष्ठ २७, शनिबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। आफ्नो क्याबिनेटका केही मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ पुगेका थिए।

उनलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाई गरेका थिए। 

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए। साथै, उनले महादेव र शिवको पूजा समेत गरेका छन्। उनी झण्डै १ घन्टाजति पशुपतिमा बसेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार