सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी ५ दिनदेखि सम्पर्कविहीन भएका छन् । हाल उनी कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।
कैलालीको कर्णाली चिसापानीबाट उनी आफूले चढ्ने गाडी र प्रयोग गर्ने मोबाइल छोडेर सम्पर्कविहीन भएको देखिएको प्रहरीले जनाएको छ । उनले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको छ ।
गाडीभित्रै मोबाइल पनि भेटिएको छ । तर उनी भने सम्पर्कविहीन भएका छन् । उनी गाडीबाट निस्किएर गएको होटेलको सीसीटीभी फूटेजमा भेटिएको छ । उनको गाडीको चाबी पनि गाडीको डिकीमै भेटिएको छ ।
२२ जेठमा उक्त होटलमा बसेका भडारी २३ जेठबाट सम्पर्कविहीन भएको र उनी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।





